‘१२ गाउँ’को ‘कसो कसो’ गीतमा रोमान्टिक मुडमा देखिए समीर र सोनु-Sutra News

‘१२ गाउँ’को ‘कसो कसो’ गीतमा रोमान्टिक मुडमा देखिए समीर र सोनु

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडाैं । एक्सन–थ्रिलर फिल्म ‘१२ गाउँ’ को गीत ‘कसो कसो’ सार्वजनिक गरिएको छ। सोमबार बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट गीत सार्वजनिक भएकाे हाे ।



गीतकाे भिडियाेमा समीर भट्ट र सोनु चन्द्रपाललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। सुगम पोखरेल र सदीक्षा कट्टेलले स्वर दिएकाे गीतमा विशेषगरी प्रेमिल शैलीमा भट्ट र चन्द्रपाल देखिएका छन् ।

रामजी लामिछाने कोरियोग्राफर गरेकाे भिडियाेमा सुवासचन्द्र ढुंगेलको शब्द रहेको गीतमा निरज सिंहको संगीत, सौरभ लोखंडेको संगीत निर्माण र एरेन्जमेन्ट छ।

अभिनेता विराज भट्टकाे निर्माणमा बनेकाे फिल्म ‘१२ गाउँ’ दसैंको फूलपाती (असोज २४) गते रिलिज हुने तयारीमा छ। यसमा स्वयम्  भट्टसहित समीर भट्ट, सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट शिल्भा, सन्तोष सरकार, कनिज कोइराला, शुलेमान शंकर (इकु), कृष्ण भट्ट लगायत कलाकारहरूको अभिनय छ।

सन्तोष सरकारको लेखन रहेको फिल्ममा महेश पौडेल र राजु लामाको डिओपी, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, सुनील क्षेत्री र रामजी लामिछानेको कोरियोग्राफी, भूपेन्द्र अधिकारी र प्रवीन केएलको सम्पादन छ।

यस्ताे छ गीतकाे भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट