सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?-Sutra News

सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । साेमबार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेकाे हाे ।



संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

यसअघि आर्थिक वर्ष २०७९-८० को नाफाबाट यस बैंकले ५.७९ प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट