प्रचण्ड भन्छन्– संविधान संशोधन कांग्रेस–एमालेको बहानबाजी हाे-Sutra News

प्रचण्ड भन्छन्– संविधान संशोधन कांग्रेस–एमालेको बहानबाजी हाे

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनलाई सरकार निर्माण गर्ने बहनाकाे रूपमा अघि सारेकाे आराेप लगाएका छन् । काठमाडाैंमा सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।



‘गठबन्धन बनाउनुभन्दा दुई/चार दिनअघिसम्म संविधान संशोधनको विषयमा कहिँ कतै छलफल भएकाे थिएन’, प्रचण्डले भनेका छन्, ‘त्यसैले यो उहाँहरूको एजेन्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै हाे ।’

प्रचण्डले संविधान संशाेधनकाे विषयलाई सामान्य नलिन पनि कांग्रेस-एमालेलाई चेतावनी दिएका छन् । खेलाचीँ गरिए देश अर्काे अप्ठ्याराेमा पर्ने उनकाे भनाइ छ ।

‘संविधान संशोधनको विषयमा अलिकति पनि छेडखानीबाट गयौँ भने पान्डोराको बक्स खोले जस्तै हुन्छ । देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ । हामी सबैले ध्यान दिनुपर्ने कुरा यो छ’, सचेत गराउँदै उनले भने, ‘जनताले पाएको अधिकार खोसियो भने त्यसले ठुलो अराजकता जन्माउँछ । नेपालमा समाल्न सक्ने हुन्छ भन्ने लाग्दैन । अराजकता फैलाउने गरी संविधान संशोधन नगर्दिनोस् भन्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट