प्रिसेसनमा घट्यो अधिकांशको मूल्य, कारोबार रकम ८ लाखमै सीमित-Sutra News

प्रिसेसनमा घट्यो अधिकांशको मूल्य, कारोबार रकम ८ लाखमै सीमित

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले घटेको छ । प्रिसेसनमा ०.१८ अंकले नेप्से घटेको हो ।



झिनो अंकले सूचक घट्दै गर्दा प्रिसेसनमा कारोबार रकम पनि निकै झिनो अंकले भएको छ । १२८९ कित्ता सेयर किनबेच हुँदा यो सेसनमा कारोबार रकम जम्मा ८ लाख ३७ हजार रुपैयाँको भयो ।

यो सेसनमा जम्मा ३० कम्पनीको सेयर किनबेच भयो । जसमा १६ कम्पनीको मूल्य घट्यो भने १३ कम्पनीको मूल्यमा बृद्धि भयो ।

यो सेसनमा नेपाल फाइनान्स, एभरेष्ट बैंक, एक्सेल डेभपलपमेन्ट बैंकलगायतको उच्च कारोबार रह्यो ।

निरन्तर उच्च गिरावटको प्रभाव प्रिसेसनमा परेको देखिन्छ । यसअघि सोमबार नेप्से ५९.०२ अंकले घट्दै २५२९.३३ को बिन्दुमा झरेको थियो । सोमबार प्रिसेसनमा उच्च अंकले बढेपनि सेयर बजार दिनभर भने ओरालो यात्रामा थियो ।

प्रिसेसनमा देखिएको निराशाजनक स्थितिले आजको कारोबार के होला भन्ने प्रश्न जगाएको छ । आज थप घट्वा वा स्थिर रहला वा बढ्ला सहजै भन्ने अवस्था देखिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट