सुनको मूल्यले फेरि बनायाे नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यले फेरि बनायाे नयाँ रेकर्ड

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडाैं । निरन्तर बृद्धिका बिच सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । आइतबार र सोमबार लगातार एकपछि अर्काे रेकर्ड बनाएकाे सुनकाे मूल्य मंगलबार थप पाँच सय रूपैयाँले बढ्दै उच्च बिन्दुमा पुगेकाे हाे ।



नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितताेला एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेकाे छ । जुन हालसम्मकै उच्च मूल्य हाे ।

यसअघि साेमबार सुनको मूल्य प्रतिताेला १ लाख ५९ हजार दुई सय थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। जुन साेमबारकाे तुलनामा १० डलरले बढी हाे ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य आज १ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

साेमबारभन्दा चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको हो।

बढ्दो द्वन्द्वका बिच लगानीकर्ताले सुनलाई सुरक्षित मान्दा माग बढेसँगै सुनको मूल्य आकासिन थालेको हो ।

अर्कोतर्फ विश्वका केन्द्रीय बैंकहरुले ब्याजदर घटाउँदा पनि सुनको मूल्य प्रभावित भएको जानकारहरु बताउँछन् । ब्याजदर घटेसँगै लगानीकर्ताले सुनमा लगानी गरिरहेको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट