आईसीसी विश्वकप लिग २-  ओमानमाथि जित निकाल्ने नेपालको लक्ष्य-Sutra News

आईसीसी विश्वकप लिग २-  ओमानमाथि जित निकाल्ने नेपालको लक्ष्य

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौँ । क्यानडामा जारी आईसीसी विश्वकप लिग २ को सिरिजमा आज नेपालले ओमानसँग भिड्ने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।



क्यानडा भ्रमणमा लगातार खराब प्रदर्शन गरिरहेको नेपाल आफ्नो पहिलो जितको खोजीमा हुनेछ । यसअघि नेपालले क्यानडासँगै दुई र ओमानसँग एक खेलमा पराजित भएको थियो ।

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा क्यानडासँगै पाँच विकेटले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै सुखद् अन्त्यको खोजीमा हुनेछ । ओडीआईको यो सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी २० सिरिज खेल्नेछ ।

क्यानडामा सिरिज सकिएपछि नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी २० आई दुवै सिरिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट