राजु लामालाई प्रेम रोग लागेपछि…-Sutra News

राजु लामालाई प्रेम रोग लागेपछि…

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौं । लामो समयपछि चर्चित गायक राजु लामाले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । राजु लामा मंगोलियन हार्टको यूट्युब च्यानलमार्फत लामाले गीत सार्वजनिक गरेका हुन् ।



‘प्रेम रोग’ बोलको गीतमा लामा फरक शैलीमा देखिएका छन् । आफ्नै शब्द र संगीत रहेको यो गीतको भिडियोमा समेत उनकै अभिनय छ ।

उनीसँग अभिनेत्री करिश्मा श्रेष्ठले स्क्रिन शेयर गरेकी छन् ।

पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियो कोरियोग्राफी सोनम पाख्रिनले गरेका छन् । गीतको भिडियो निर्देशन भने सोनम पाख्रिनले गरेका छन् ।

गीतमा प्रेम रोगले सताएको बारे चर्चा गरिएको छ ।

यस्तो छ गीतको भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट