बुवाको हत्या गर्ने छोरा पक्राउ-Sutra News

बुवाको हत्या गर्ने छोरा पक्राउ

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौँ । बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा औरही गाउँपालिका ३ खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।



शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवाद हुँदा कुटपिट गर्दा भालेश्वर घाइते भएको प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको जानकारी दिए ।

कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि नोबेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनाकबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट