थुना मुक्त हुन पाएनन् दुर्गा प्रसाईं-Sutra News

थुना मुक्त हुन पाएनन् दुर्गा प्रसाईं

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले थुना मुक्त गर्न अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले थुना मुक्त गर्न अस्वीकार गरेको हो ।



प्रसाईंलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो । प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई चरित्र हत्या गरेको आरोपमा आइतबार मात्रै पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला अदालतलाई प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । न्यायधिश राउतले कारण देखाउ आदेश मात्र जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट