वैज्ञानिकले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’-Sutra News

वैज्ञानिकले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१
काठमाडौँ । न्युजिल्याण्डका वैज्ञानिकले मंगलबार ‘घोस्ट सार्क’को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो । यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्द छ ।
वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एण्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए)का वैज्ञानिकका अनुसार अष्ट्रेलेसियन न्यारो-नोज्ड-स्पुकफिस अष्ट्रेलिया र न्युजिल्याण्डको गहिरो पानीमा बस्ने पाइएको छ ।
यी नमूनाहरू चाथम राइज क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा पत्ता लगाइएको थियो । चाथम राइज प्रशान्त महासागरको एक भाग हो । यो न्युजिल्याण्डको दक्षिणी टापु नजिक पूर्वतर्फ करिब एक हजार किलोमिटर फैलिएको छ ।
घोस्ट सार्क वा किमेरा सार्क र किरणसँग सम्बन्धित छन् । तर, यी माछाको त्यस्तो समूहका अंग हुन् । जसको कंकाल पूर्ण रूपमा नरम हाडले बनेको हुन्छ । स्पुकपिस नामले पनि चिनिने घोस्ट सार्कका काला आँखा र चिल्लो, हल्का खैरो र कत्लारहित छाला हुन्छ ।
तिनीहरूले आफ्नो विशिष्ट चुच्चो जस्तो मुख प्रयोग गरेर दुई हजार छ सय मिटरसम्मको गहिराइमा क्रस्टेसियनहरू खान्छन् । अनुसन्धान वैज्ञानिक ब्रिट फिनुक्सीले भने, “यस्ता प्रकारको घोस्ट सार्क धेरै हदसम्म समुद्रको पिँधमा सीमित हुन्छन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट