पाँच वर्षपछि अभिनयमा फर्किंदै धुर्मुस-Sutra News

पाँच वर्षपछि अभिनयमा फर्किंदै धुर्मुस

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौँ । ‘मेरी बास्सै’ नामक टेलिशृङ्खलाबाट धुर्मुसका नामले लोकप्रिय बनेका हास्य कलाकार हुन्, सिताराम कट्टेल । टेलिशृङ्खला ‘हिजो आजका कुरा’मा छोटो भूमिकाबाट कलाकारितामा भित्रिएका उनी त्यसपछि गीताञ्जली र तितो सत्यमा जोडिए ।



अभिनया गर्ने क्रममा उनले मेरी बास्सैमा धुर्मुसको चरित्रमा काम गरे । जुन उनलाई लोकप्रिय बन्ने अवसर मिल्यो । यही नामबाट उनी चर्चाको शिखरमा पुगे ।

उनले एउटै टेलिश्रृङ्खलामा खड्काजी, मुस्कान पासा, केपी ओलीको नक्कली रूप, खडानन्दलगायत दुई दर्जन भूमिकामा देखिए । तर, उनी धुर्मुस नामले चिनिए ।

टेलिश्रृङ्खलापछि ‘छ एकान छ’, ‘वडा नम्बर ६’, ‘नाइँ न भन्नु ल २’ छक्का पञ्जाको सिरिजमा काम गरे । पछिल्लो समय उनी कलाकारिताबाट टाढा हुँदै आएका छन् ।

यसैबीच उनले अब फिल्म लाज शरणमबाट अभिनयमा फर्किने भएका छन् । यसअघि उनले चितवनमा रंगशाला निर्माणका क्रममा आफैले बनाएको ‘सेन्टी भाइरस’बाट फिल्ममा कमब्याक गरेका थिए ।

तर, फिल्म डुबेपछि उनले फिल्म बनाउने आँट गरेनन् । पाँच वर्षपछि उनी फिल्ममा कमब्याक गर्ने भएका छन् । कुमार कट्टेल (जिग्री)को निर्देशनमा दुई सातादेखि डोल्पामा छायांकन भएको फिल्म ‘लाज शरणम्’बाट सितारामले कमब्याक गरेका हुन् ।

उसो त उनको प्रवेशलाई फिल्मको टिमले गोप्य राखेर एकै पटक फस्टलुक्स पोस्टरमार्फत दर्शकलाई सरप्राइज दिने सोचेको थियो । तर, फिल्म सेटबाट बाहिरिएको तस्विरबाट सिताराम फिल्ममा अनुबन्धित भएको पुष्टि भएको हो ।

फिल्ममा उनीसहित अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणी नेपाल, हरिश निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बुलगायत अभिनय रहेको छ ।

फिल्मको कथा उनीमाथि केन्द्रित रहेको बुझिएको छ । ‘सक्किगोनि’ समूहले बनाएको फिल्मले आगामी फागुन १४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट