स्नातक उत्तीर्णको प्रमाण पत्र नहुँदा राजदूत पद फिर्ता-Sutra News

स्नातक उत्तीर्णको प्रमाण पत्र नहुँदा राजदूत पद फिर्ता

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिने भएका छन् । संसदीय सुनुवाइ समितिले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र मागेपछि दिन नसक्दा नाम फिर्ता गरेका हुन् ।



प्रस्तावित राजदूत भट्टराईले प्रमाणपत्र नदिई राजदूत नहुने भन्दै नाम फिर्ता गरेका हुन् । सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन हुँदा भट्टराईको स्नातक उत्तीर्ण नहुँदा नाम फिर्ता गर्नु परेको हो ।

यसअघि भट्टराईले असोज ११ गतेसम्म समय दिन समितिलाई आग्रह गरेका थिए । सभापति ईश्वरीदेवी न्यौपानेले थप समय दिन नसक्ने भन्दै आफैले नाम फिर्ता लिने वा समितिले अस्वीकार गर्ने विकल्प दिएकी थिइन् ।

समितिले विकल्प दिएपछि भट्टराईले मंगलबार आफूले नाम फिर्ता लिएको पत्र दर्ता गराएका हुन् । साउन १४ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट