चार लाख रुपैयाँ लिएर नागरिकता बनाउने चार जना पक्राउ-Sutra News

चार लाख रुपैयाँ लिएर नागरिकता बनाउने चार जना पक्राउ

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौँ । झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।



प्रहरी प्रधान कार्यालयका अनुसार धादिङ नेत्रावती गाउँपालिका १ घर भई हाल काठमाडौँ महानगर १० मनमैजु बस्ने ३१ वर्षीय मदनबहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका ५ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल रहेका छन् ।

यस्तै, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौँ महानगर ६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दी शेर्पालाई पक्राउ गरिएको हो ।

जुवासम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका चीनको स्वशासित क्षेत्र तिब्बतका सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकता प्रमाणपत्रका फेला परेको थियो ।

अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद चार लाखमा बनाइदिएको खुल्न आएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्त छिरिङ ढुन्डुपसहित चार जनालाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट