एन्फा महिला लिग- वालिङको पोष्टमा त्रिभुवन आर्मीले हान्यो ८ गोल-Sutra News

एन्फा महिला लिग- वालिङको पोष्टमा त्रिभुवन आर्मीले हान्यो ८ गोल

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।



सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८-० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा चन्द्रा भण्डारीले खेलको ४२, ५४ र ७३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

यस्तै विमला बिकले खेलको ३८ र ९० औँ मिनेटमा गोल गरिन् । अमिशा कार्कीले ६१ र ७१ औँ मिनेटमा गोल गरिन् भने फातुमाह नाकासुम्वाले ४४ औँ मिनेटमा गोल गरिन् ।

जितसँगै आर्मीको ८ खेलमा १९ अंक भएको छ । समान खेल खेलेको वालिङको १२ अंक रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट