कार्यवाहक प्रधानमन्त्रीलाई रवीन्द्रको चुनौती- तपाईंलाई नहराई त कहाँ छोडुँला र !-Sutra News

कार्यवाहक प्रधानमन्त्रीलाई रवीन्द्रको चुनौती- तपाईंलाई नहराई त कहाँ छोडुँला र !

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहमाथि बालमन्दिरको जग्गामा भएको हिनामिनाको प्रश्न उठाएका छन् ।



आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले अनाथ बालबालिकाको ‘बाल मन्दिर’ ध्वस्त पार्ने आरोपमा दिदीलाई बचाऊ गर्न गर्न खोजेको भन्दै आफूले बदला लिने बताए । उनले दिदी बचाउनलाई ‘मुद्दा ढिसमिस गर्न खोज्ने’ सिंहलाई चुनाव हराएर बदला लिने बताएका हुन् ।

“अब तेस्रो पटक, अनाथ बालबालिकाको ‘बाल मन्दिर’ ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईंलाई नहराई त कहाँ छोडुँला र !,” उनले भने, “जुन दिन म तपाईंलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ, यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट