दशैँ गीत ‘खर्च दशैँलाई’ सार्वजनिक-Sutra News

दशैँ गीत ‘खर्च दशैँलाई’ सार्वजनिक

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१

काठमाडौँ । नेपाली हिन्दु धर्मालम्बीहरूको महान पर्व दशैँसहित तिहार तथा छठको अवसरमा चाडपर्वसँग सम्बन्धित गीतहरू बजार आउने गरेका छन् ।



यसै क्रममा घमेश दुलाल र शारदा रसाइलीको स्वरमा सजिएको गीत ‘खर्च दशैँलाई’ सार्वजनिक भएको छ । घमेश दुलालको युट्युब च्यानलमार्फत सार्वजनिक गीतको शब्द साजन पराजालीको रहेको छ ।

गीतको मिक्सिङ खडक बाजुरालीले गरेका हुन् । गीतमा हिराकाजी सेन्चुरी, संगीता अधिकारी, भीम बगालेलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट