एकल अंकले बढ्यो नेप्से, आज कता जाला नेप्से ?-Sutra News

एकल अंकले बढ्यो नेप्से, आज कता जाला नेप्से ?

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौं । लगातार गिरावटका बिच साताको चौथो कारोबार दिन (बुधबार) प्रिओपन सेसनमा नेप्से परिसूचक २.६६ अंकले बढेको छ । प्रिसेसनसँगै नेप्से २४७३.०६ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेसनमा ४२ कम्पनीको सेयर किनबेच भएको छ । जसमा २६ कम्पनीको मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ ।

प्रिसेसनमा ३ हजार १४९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २२ लाख ५५ हजार ९०२ रुपैयाँको भएको छ ।

प्रिसेसनमा कारोबार जलविद्यूत समूहको हाबी भयो । कारोबारमा आएका ४२ कम्पनीमध्ये १९ कम्पनी जलविद्युत क्षेत्रका छन् ।

लगातार गिरावटका बिच मंगलबार ५८.९३ अंकले घट्दै नेप्से २४७०.३९ को बिन्दुमा ओर्लिएको थियो । सँगै कारोबार रकममा खास उत्साह देखिएको थिएन ।

प्रिसेसनमा एकल अंकको बृद्धिले नेप्सेमा उत्साह ल्याउला भन्ने अवस्था देखिएको छैन । यद्यपि, सुरुवाती कारोबारलाई सुखद मान्न भने सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट