एकपछि अर्काे रेकर्ड राख्दै सुनकाे मूल्य, पुग्याे ताेलाकै १ लाख ६० हजारमाथि-Sutra News

एकपछि अर्काे रेकर्ड राख्दै सुनकाे मूल्य, पुग्याे ताेलाकै १ लाख ६० हजारमाथि

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौं । स्थानीय बजारमा साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेकाे छ । लगातार बृद्धिका बिच मंगलबारकाे तुलनामा सात सय रूपैयाँले बढ्दै सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यसअघि आइतबार र सोमबार र मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। बुधबारसहित लगातार चार दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ ।

सुनकाे मूल्य उच्च बिन्दुमा पुग्दै गर्दा स्थानीय बजारमा चाँदीकाे मूल्य पनि बढेकाे छ । महासंघका अनुसार मंगलबारकाे तुलनामा बुधबार प्रतितोला ४० रूपैयाँ बढेको हाे ।

बुधबार चाँदी प्रतितोला १९ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यसअघि मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भएको थियाे ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विशेषगरी मध्यपूर्वमा बढ्दो द्वन्द्वका बिच लगानीकर्ताले सुनलाई सुरक्षित मान्दा माग बढेसँगै सुनको मूल्य आकासिन थालेको बजारका जानकार बताउँछन् । मूल्य उच्च बिन्दुमा पुगेसँगै स्थानीय बजारमा काराेबार भने धेरै घटेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट