श्रीमतिसँग मिलेर बाबुकाे हत्या गरेकाे आरोपमा छोरा पक्राउ-Sutra News

श्रीमतिसँग मिलेर बाबुकाे हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

सिराहा । सिराहामा एक युवक आफ्नै बुवाको हत्या गरेकाे आरोपमा पक्राउ परेका छन् । औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले आफ्नै बाबुको हत्या अभियोगमा पक्राउ गरेको हाे ।



६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए।

गम्भीर घाइते उनको उपचारार्थ विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। राससबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट