दशैँमा घर जान शनिबारदेखि अग्रीम टिकट काट्न सकिने-Sutra News

दशैँमा घर जान शनिबारदेखि अग्रीम टिकट काट्न सकिने

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१
फाइल तस्बिर

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ ।



उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्षसहित शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

उपाध्यक्ष सिटौलाले घटस्थापनाअघि सडकको ममर्तसम्भार सक्ने प्रतिवद्धता सरकारी निकायबाट आएपछि बसको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको बताएका हुन् । यात्रुहरूलाई सहज ढंगले यात्रा गराउन सरोकार निकायसँग निरन्तर छलफल गरिने उनको भनाइ छ ।

सिटौलाले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै आधिकारिक व्यक्तिबाट मात्रै अग्रिम टिकट काट्न सुझाव दिए । दशैँको १०-१२ दिनभित्र लाखौँ सर्वसाधारणलाई सुरक्षित यात्रा गराउनु पर्ने भएकाले केही कठिनाइ भए पनि महासंघले सबै तयारीलाई तीव्र बनाएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट