दशैँको मुखमा साढे ५७ हजार नेपाली कामको खोजीमा विदेशिए-Sutra News

दशैँको मुखमा साढे ५७ हजार नेपाली कामको खोजीमा विदेशिए

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडाैं । पछिल्लो एक महिनामा कामको खोजीमा ५७ हजारभन्दा बढी नेपाली विदेशी भूमिमा पुगेका छन् । भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपालीले देश छाडेका हुन् ।



वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार भदौमा ३९ हजार ५५७ जनाले पहिलो पटक श्रम स्वीकृति लिए । यस्तै, १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएको देखिएको छ ।

देश छाड्नेमा ५० हजार ७७० पुरुष रहेका छन् भने बाँकी ६ हजार ७२३ महिला छन् । यसमा सबैभन्दा बढी म्यानपावर कम्पनीमार्फत गएका छन् । जम्मा एक हजार ३ जना जीटुजीमार्फत गएका छन् ।

विदेश जानेमा १८ हजार ६०५ जना युएई पुगेका छन् । कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५, कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना नेपाली गएको विभागले जनाएको छ ।

नेपाली हिन्दु धर्मालम्बीहरूको ठूलो पर्वहरू दशैँ तथा तिहारसँगै छठ नजिकिँदै गर्दा नेपालीहरू विदेशिन बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट