‘बेहुली फ्रम मेघौली’को बेहुली हुँदाको कथा लेखेर पुरस्कार जित्ने अवसर-Sutra News

‘बेहुली फ्रम मेघौली’को बेहुली हुँदाको कथा लेखेर पुरस्कार जित्ने अवसर

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौँ । आगामी असोज १७ गते प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रम मेघौली’ले आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको छ । सिनेमाको निर्माण पक्षले बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको हो ।



असोज १२ गते शनिबार छाया सेन्टर काठमाडौँमा दशैँ मेला लाग्दै छ । ‘यो मेलामा तपाईंहरूले चाहेको जति सपिङ गर्न सक्नु हुनेछ, साथै तपाईंहरूले आफू बेहुली हुँदाको कथा लेखेर पठाएर आकर्षक पुरस्कार प्राप्त गर्न सक्नु हुनेछ,’ फिल्मकी नायिका तथा निर्मात्री स्वस्तिमा खड्काले भनिन् ।

आफू बेहुली हुँदाको अनुभव बढीमा तीन सय शब्दमा लेख्नु पर्नेछ । लेखेको कथालाई [email protected][email protected] इमेलमार्फत पठाउनु पर्नेछ । कथा/अनुभव असोज १० गतेदेखि पठाउन सकिनेछ ।

‘तपाईंहरुले पठाउनु भएको कथामध्येबाट उत्कृष्ट कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र बेहुली फ्रम मेघौलीको ग्राण्ड प्रिमियरमा निमन्त्रणा गरिने छ, साथै चलचित्रको २ वटा टिकट प्रदान गरिने छ,’ उनले भनेकी छन्, ‘यो सुनौलो अवसरको फाइदा उठाइहाल्नुहोस् ।’

सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेब्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् ।

सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् । अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट