स्रोत नखुलेको १७ लाख नगदसहित दुई जना पक्राउ-Sutra News

स्रोत नखुलेको १७ लाख नगदसहित दुई जना पक्राउ

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौँ । नेपालगञ्ज उपमहानगर ४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार रुपैयाँ र ५९ हजार ५०० भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।



पक्राउ नेपालगञ्ज उपमहानगरमा बस्दै आएका मोहम्मद हबिब सिद्धिकी र मोहम्मद कादिर सिद्धिकी रहेका छन् । उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट