सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको विरोध हुनु देशहित विपरीत- महासचिव पोखरेल-Sutra News

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको विरोध हुनु देशहित विपरीत- महासचिव पोखरेल

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा हुँदा उनीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत भएको बताएका छन् ।



कैलालीको धनगढीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीविरुद्ध कुनै प्रकारको विरोध प्रदर्शन नभएको बताउँदै भ्रमण सफल भइरहेको दाबी गरे । उनले भने, “प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।”

यस्तै, महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानूनी राज्यमाथिको उपहास भएको टिप्पणी गरे । उनले भने, “सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निःसर्त सहयोग गर्नु पर्छ ।”

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएपछि उद्योगी–व्यवसायीमा आशा जागेको, अर्थतन्त्रमा सुधारको लक्षण देखिएको, वैदेशिक लगानी भित्रिने क्रम सुरु भएको तथा लगानीको वातावरण बनेको महासचिव पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट