यु-२० एसियन कप- नेपालको पोष्टमा उज्वेकिस्तानको आधा दर्जन गोल-Sutra News

यु-२० एसियन कप- नेपालको पोष्टमा उज्वेकिस्तानको आधा दर्जन गोल

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौँ । नेपालले एएफसी यु-२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार बेहोरेको छ ।



चीनको ताइपेईमा जारी छनोटअन्तर्गत आज भएको खेलमा उज्वेकिस्तानले नेपालको पोष्टमा ६ गोल गरेको हो ।

हारसँगै समूह ‘बी’मा रहेको नेपालको छनोट सम्भावना करिब समाप्त हुने भएको छ । नेपालले तीन खेलबाट तीन अंक बनाएको छ । नेपाल पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३-१ गोलले हराएको थियो । नेपालले अब समूहको अन्तिम खेल बहराइनसँग खेल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट