क्यानडामा जित निकाल्न नसकेपछि खस्कियो नेपालको अवस्था-Sutra News

क्यानडामा जित निकाल्न नसकेपछि खस्कियो नेपालको अवस्था

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ ओडीआई वरीयता सार्वजनिक गरेको छ । जसमा नेपाल एक स्थान तल खस्केको छ । १६ औँ स्थानमा रहेको नेपाल १७ औँ स्थानमा पुगेको हो ।



आईसीसी विश्वकप लिग-२ खेल्न क्यानडामा रहेको नेपालले तीन खेल हारेसँगै वरीयता खस्किएको हो । अमेरिका एक स्थान सुधार गर्दै १६ औँ स्थान जाँदा नेपालको अवस्था खस्किएको हो ।

नामिबिया तीन स्थान तल झरेर १८ औँ स्थानमा हुँदा ओमान पनि एक स्थान तल झर्दै १९ औँ स्थानमा पुगेको छ । क्यानडाले चार स्थान सुधार गरी १५ औँ स्थानमा उक्लिएको छ ।

ओडीआईमा भारत शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो, न्युजिल्यान्ड पाँचौं, श्रीलंका छैटौं, इंग्ल्यान्ड सातौं, बंगलादेश आठौं, अफगानिस्तान नवौं र वेस्ट इण्डिज दशौं स्थानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट