अलराउण्डर वरीयतामा सन्दीपले हाने छलाङ-Sutra News

अलराउण्डर वरीयतामा सन्दीपले हाने छलाङ

बुधबार, ९ असोज २०८१

बुधबार, ९ असोज २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा छलाङ हानेका छन् । क्यानडामा गरेको प्रदर्शनसँगै उनले छलाङ मारेको हो ।



अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१ औँ स्थानमा उक्लिँदै छलाङ मारेका हुन् । उनले २२ स्थान सुधार गरेसँगै यो स्थानमा पुगेका हुन् ।

अलराउण्डर वरियतामा नेपालकै दीपेन्द्रसिंह ऐरी ४८ औँ, कुशल मल्ल ५१ औँ, सोमपाल कामी ५३ औँ, करण केसी ७६ औँ, गुलशन झा ९० औँ स्थानमा छन् । दीपेन्द्र र कुशल ६ स्थान तल झरेका हुन् भने करणले ११ र गुलशनले १३ स्थान सुधार गरेका हुन् । सोमपाल यथास्थानमा रहे ।

ब्याटिङतर्फ आसिफ शेख ७९ औँ, कुशल भुर्तेले ८० औँ र रोहितकुमार पौडेल ८७ औँ स्थानमा छन् । बलिङतर्फ सन्दीप लामिछाने ४८ औँ, ललित राजवंशी ५२ औँ, दीपेन्द्रसिंह ऐरी ६४ औँ, करण केसी ८७ औँ र सोमपाल कामी ८८ औँ स्थानमा छन् ।

बलिङ वरियताको शीर्षस्थानमा दक्षिण अफ्रिकाका केशव महाराज छन् । एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ । यसअघि १६ औँ स्थानमा रहेको नेपाल १७ औँ स्थानमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट