आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

आज मिति २०८१ असोज १० गते बिहीबार । सन् २०२४ सेप्टेम्बर २६ तारिख । नेपाल सम्बत ११४४ नवमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५५ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

प्रतिस्पर्धामा केही कमजोर सावित हुनु पर्ने समय भएपनि आज आज तपाईंलाई परिवार तथा मित्रजनको सहयोग प्राप्त होला । साथै, धनलाभको पनि योग रहेको छ । व्यापार व्यवसायमा लगानी बढाउन चाहे उपयुक्त दिन छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । यात्रामा सफलता र रसरागात्म कार्यमा आकर्षण रहला । रोकिएको काम दोहोऱ्याएर गरे सफलता मिल्नेछ ।

बृष

समय शुभदायी छ । मन प्रशन्न रहला । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । अध्ययन तथा अध्यापन कार्यमा पनि प्रगति हुनेछ । ब्यापारबाट राम्रै धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । सकारात्मक कार्यमा व्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम पनि बन्नेछ ।

मिथुन

लाभको काम प्रारम्भ गर्ने समय छ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । काममा स्थानान्तरणको सम्भावना पनि देखिन्छ । साझेदारीको काममा पनि राम्रै फाइदा हुनेछ । पढाइलेखाइमा प्रगतिको समय छ । तथापि, बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहेकाले होसियारी अपनाउनु हितकर हुनेछ । पराक्रम वृद्धि हुनेछ । शत्रु पक्ष परास्त हुनेछ । यात्रा सुखद रहलला ।

कर्कट

आजको दिन राम्रै भए पनि आर्थिक कारोबार गर्दा सचेत हुनुका साथै अति आवश्यक बाहेकको अवस्थामा कारोबार नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा फजुल खर्च बढ्न सक्छ । प्रतिस्पर्धीले तपाईंको स्थान ओगट्न सक्छन्, ध्यान राख्नुहोला । कर्मबल वृद्धि हुनेछ ।

सिंह

आजको दिन मिश्रित फलदायी रहला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ, तर बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । केही अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका महत्वपूर्ण अवसर गुम्नसक्ने योग छ, ध्यान राख्नुहोला । सवारीसाधन वा हातहतियार उपयोग गर्दा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रसरागको भाव जागृत होला ।

कन्या

व्यस्तता बढ्ने छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने छन् । कृषि, पशुधनबाट पनि राम्रै लाभ मिल्नेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्ने योग भएकाले सावधानी अपनाउनु होला । खर्च केही वृद्धि हुनसक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

प्रतिभाको उच्च मूल्यांकन हुने समय छ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्ने योग रहेकाले सावधानीसाथ विवेक पुऱ्याएर व्यवहार गर्नुहोला । मान सम्मानमा चोट पुग्ने अवस्थाबाट बच्न सावधानीको दरकार छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । साहसिक काममा आकर्षण रहनेछ ।

बृश्चिक

समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । अनुकुलताको अभावमा पनि जिम्मेवारी बढ्नेछ भने जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको आधारमा काम गर्नाले दुःख पाइएला । धार्मिक काममा बाधा सृजना हुन सक्छ , तर रमाइलो यात्राको योग छ । आरोग्यता रहनेछ ।

धनु

परिवारिक सुख र उत्साह बढ्ने समय छ र पनि व्यावसायिक काममा खर्च बढ्ने छ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मान सम्मानका साथमा आम्दानी भने बढ्ने योग छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मानसम्मान प्राप्तिको सम्भावना छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मिठो भोजन प्राप्त होला । आफन्तको साथ मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

परिवारजनको सहयोगले उत्साह बढाउने समय छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिने छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियम कानूनले साथ दिनाले भएको दायित्व पूरा गर्नु हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कुम्भ

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्ने दिन छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्थायी सम्पत्ति बढाउन सकिने छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्ने छन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने अध्ययन अध्यापनमा रहेकालाई फाइदाको दिन रहेको छ । पराक्रम बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन

व्यापार व्यवसायमा लाग्नेलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउने छन् । विलासितामा खर्च बढ्ने छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । आफन्तको साथ मिल्नेछ भने साझेदारीको काम बन्नेछ स्वास्थ्य केही कमजोर रहला, ध्यान राख्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट