आज केही स्थानमा चट्याङसहित देशभर वर्षा हुने-Sutra News

आज केही स्थानमा चट्याङसहित देशभर वर्षा हुने

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । तराई भागका केही स्थानमा हावा हुरीको सम्भावना रहेको छ ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट