विद्यार्थी संगठनकाे नेतृत्व हत्याउन पार्टीभित्रै लडाइँ-Sutra News

विद्यार्थी संगठनकाे नेतृत्व हत्याउन पार्टीभित्रै लडाइँ

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौँमा सुरु हुँदै छ । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म सञ्चालन हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।



सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने जनाइएकाे छ। सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने अध्यक्ष सिंहले जानकारी दिइन् ।

संगठनकाे नेतृत्वका लागि पार्टीभित्रै लडाइँ देखिएकाे छ । जसमा शीर्ष नेताहरू नै अगाडि देखिएका छन् ।

अहिले पार्टी नेतृत्वकाे लागि जसरी माओवादी केन्द्रभित्र नेतृत्व चयनका लागि पहल भइरहेकाे छ । जसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेतलगायतका नेताहरू दौडधुपमा छन् ।

सहमति जुटाउन सामूहिक र बेग्लाबेग्लै छलफल चलाइरहेका छन् ।

भावी नेतृत्वका लागि हालसम्म उपाध्यक्ष र महासचिव गरी १९ जनाले दाबी गरेका छन् । अध्यक्षमा विशेषगरी पवन कार्की, नरेश रेग्मी, मदन भुल, नेरश रेग्मी, दीपेश पुनलगायत अगाडि देखिएका छन् ।

चर्चामा रहेका कार्कीलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अनि रेग्मीलाई उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङले समर्थन गरेको बताइएको छ ।

यता, माओवादी उपमहासचिव जनार्दन शर्माकाे साथ भूललाई देखिएकाे छ भने अर्का उपमहासचिव वर्षमान पुनको साथ दीपेश पुनलाई देखिएकाे छ । यद्दपि, पुन सहकारी र सुन प्रकरणलगायत घटनामा नराम्राेसँग मुछिएका छन् ।

यता महासचिव पदमा हेमन्त राई, सुदिन पौडेल, नारायण बडाल, भीम भट्ट, सञ्जय काल्धन, प्रसुन कार्की, उपेन्द्र शाहीलगायत अगाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट