यस्ता ५ सपनाले गर्छ अशुभकाे संकेत-Sutra News

यस्ता ५ सपनाले गर्छ अशुभकाे संकेत

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

सपना त सबैले देख्छन् तर, त्यसको बारेमा धेरै कमलाई थाहा हुन्छ । सपनामा देखिने कतिपय कुराले शुभ संकेत दिन्छ भने कतिपयले अशुभ संकेत गर्छ । तर आज हामी यस्ता ५ सपनाको बारेमा जान्नेछौँ जसले भविष्यमा हुने नोक्सानको बारेमा बताउछ ।



१. सपनामा बच्चा देख्नु

सपना विज्ञानका अनुसार यदि कुनै व्यक्तिले सपनामा आफूलाई बालक वा वृद्धको रूपमा देखेमा अशुभ मानिन्छ । यो सपनाको अर्थ तपाईको जीवनमा केही संकट आउन लागेको छ ।

यदि कुनै विवाहित व्यक्तिले यो सपना देख्यो भने, यसको मतलब उसको वैवाहिक जीवनमा संकट आउन सक्छ।

२. सपनामा आफूलाई झरेको देख्नु

सपनामा आफूलाई तल खसेको देख्नु भनेको आफूले गरिरहनुभएको काममा असफल हुन सक्ने संकेत गर्छ। यदि तपाईलाई बारम्बार यस्तो सपना देख्नुहुन्छ भने सम्झनुहोस् तपाईको जीवनमा कुनै ठूलो संकट आउन लागेको छ । यस्तो सपनाले तपाईंको आत्म-विश्वास पनि कम गर्न सक्छ।

३. मासु खाएको

सपनामा कुनै व्यक्तिले मासु खानुको अर्थ भविष्यमा ठूलो आर्थिक नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ । सपना विज्ञानका अनुसार यस्ताे सपना देखेकाे व्यक्ति धेरै सचेत रहनु पर्छ ।

४. सपनामा सर्पले टोक्नु

यदि सपनामा कालो सर्पले डस्यो भने यसको अर्थ तपाईलाई कुनै भयानक रोग लाग्न लागेको हो भनी सपना विज्ञान भन्छ । यस्तो सपनाले कुंडलीमा सर्पदोषलाई पनि संकेत गर्छ ।

५. सपनामा कपाल झर्नु

यदि कसैले सपनामा कपाल झरेको देख्यो भने भविष्यमा उसले आर्थिक नोक्सानी बेहोर्नु पर्ने हुन्छ । साथै परिवारमा भविष्यमा केही अशुभ घटना घट्न सक्छ।

यद्दपि, सपनामा देखिएका यस्ता कुराबाट बच्न समयमै सचेत हुने र आफूलाई मनपर्ने भगवानकाे पूजा गर्नाले निवारण हुने कुरा सपना विज्ञानमा उल्लेख छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट