सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, कतिमा हुँदैछ कारोबार ?-Sutra News

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

१० दिनमै ५१ सय रूपैयाँले मूल्य बृद्धि

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा उक्लिएको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यससँगै विगत ५ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ/नयाँ रेकर्ड बनाइरहेको छ ।

गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्यसयता निरन्तर नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ ।

सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहँदा चाँदीको मूल्य पनि निरन्तर जसो उकालोमा छ । यद्यपि, आज भने चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य बुधबारकै तुलनामा प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विशेषगरी मध्यपूर्वमा बढ्दो द्वन्द्वका बिच लगानीकर्ताले सुनलाई सुरक्षित मान्दा माग बढेसँगै सुनको मूल्य आकासिन थालेको बजारका जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट