उपत्यकाका नदीमा २० मिटर मापदण्डविरुद्ध आन्दोलन-Sutra News

उपत्यकाका नदीमा २० मिटर मापदण्डविरुद्ध आन्दोलन

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।



खोला नदीको मापदण्ड खारेज गर्नु पर्ने भन्दै गैरन्यायीक सडक तथा मापदण्ड पीडित संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको हो ।

उनीहरूले खोला मिच्न पाइदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइदै, नदी थप २० मिटर मापदण्ड खारेज गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

संघर्ष समितिका संयोजक सुमन सायमीले खोला नदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनु पर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए । मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरावलोकन निवेदन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट