बलात्कारको मुद्दामा फसाइदिने भन्दै पैसा लिने इन्सपेक्टर विनुमाथि छानबिन-Sutra News

बलात्कारको मुद्दामा फसाइदिने भन्दै पैसा लिने इन्सपेक्टर विनुमाथि छानबिन

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । बलात्कारको मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोपमा ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि छानबिन सुरू भएको छ ।



काठमाडौँ उपत्यका प्रहरी कार्यायलले शाहीलाई जिम्मेवारी मुक्त गरी छानबिन सुरु गरेको हो । छानबिनका लागि डीएसपीको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको प्रहरी जनाएको छ ।

छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको हो । हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै शाहीले पीडित भनिएकी युवतीसँग मिलेर पैसा लिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट