रवि पक्राउ पर्ने संकेत पाएपछि चीन भ्रमणमा गएका रास्वपा टोली फर्किंए-Sutra News

रवि पक्राउ पर्ने संकेत पाएपछि चीन भ्रमणमा गएका रास्वपा टोली फर्किंए

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । चीन भ्रमणमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोली स्वदेश फिर्ता भएको छ । १० दिनको भ्रमणमा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिबार राति चीन गएको हो ।



पार्टीका नेताहरू चीन भ्रमणमा गएको भोलिपल्ट अर्थात आइतबार सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै टोली भ्रमण छोट्याएर स्वदेश फर्किएको हो ।

स्वदेश फिर्ता भएसँगै पत्रकारसँग कुरा गर्दै उपसभापति वाग्लेले सांघाइसहित शहरको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेको जानकारी दिए । यसैबीच भ्रमण दलको टोली बेइजिङ जाने कार्यक्रम स्थगित गरी फर्किएको हो ।

भ्रमण टोलीमा डा. वाग्लेसहित सात जना सांसद र सात जना नेता गरी १४ रहेका थिए । टोली सोमबारै स्वदेश फर्किने भनिए पनि टिकट नपाएपछि आज फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट