काठमाडौँ । काठमाडौँ महानगर २ लैनचौरमा दुई स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।
बुधबार राति दुर्घटना हुँदा बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटरमा सवार दोलखा मेलुङ गाउँपालिका ५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।