एक महिनामै भित्रियो एक खर्ब ३७ अर्ब रेमिट्यान्स-Sutra News

एक महिनामै भित्रियो एक खर्ब ३७ अर्ब रेमिट्यान्स

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।



आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा भित्रिएको यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक अर्ब दुई करोड मात्रै पुगेको छ ।

यस्तै, साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट