एन्फा महिला लिग- चन्द्रपुरलाई हराउँदै वालिङ दोस्रो चरणमा प्रवेश-Sutra News

एन्फा महिला लिग- चन्द्रपुरलाई हराउँदै वालिङ दोस्रो चरणमा प्रवेश

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । वालिङ नगरपालिका काठमाडौँमा जारी एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई २-१ गोलले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको हो ।



वालिङको जितमा सुक्रिया मियाले खेलको छैटौँ मिनेट र ज्याक्लिन नासालीले ३६ औँ मिनेटमा गोल गरेकी थिइन् । चन्द्रपुरका लागि एक मात्र गोल सुनिता सुनारले ५० औँ मिनेटमा गरेकी थिइन् ।

जितसँगै वालिङ नौ खेलमा १५ अंकका साथ चौथो स्थानमा कायमै छ । चन्द्रपुर समान खेलमा ८ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । यसअघि विभागीय टोलीहरु एपीएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

एन्फाको आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । पहिलो चरणमा शीर्ष पाँचमा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट