स्कुल जाने विद्यार्थीलाई अरिङ्गालले टोक्दा घाइते-Sutra News

स्कुल जाने विद्यार्थीलाई अरिङ्गालले टोक्दा घाइते

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । लमजुङको बेँसीसहर नगरपालिका ३ मा रहेको गाउँसहर माध्यमिक विद्यायल जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चार जना विद्यार्थी घाइते भएका छन् ।



आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर ५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् ।

घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । घरबाट विद्यालयसम्म आउँदा जङ्गलको बाटो पर्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट