फेरि २४ सयकै बिन्दुमा फर्कियो नेप्से, लगानीकर्ता देखिएनन् विश्वस्त-Sutra News

फेरि २४ सयकै बिन्दुमा फर्कियो नेप्से, लगानीकर्ता देखिएनन् विश्वस्त

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि सेयर बजार परिसूचक (नेप्से) घटेरै बन्द भएको छ । निरन्तर गिरावटका बिच बुधबार लयको आशा जगाएको नेप्से पुनः बिहीबार उच्च अंकले घट्दै बन्द भएको हो ।



बिहीबार ६१ अंकको उतारचढावका बिच नेप्सेमा ३२.८१ अंकको गिरावट भएको छ । बिहीबारको कारोबारसँगै नेप्से २४८६.७६ को बिन्दुमा झरेको छ ।

उच्च अंकले नेप्से घट्दै गर्दा बिहीबार अधिकांश कम्पनीको मूल्यमा गिरावट आयो । कारोबारमा आएका २४४ कम्पनीमध्ये २०१ कम्पनीको मूल्य घट्यो भने ३९ को मूल्यमा सामान्य बृद्धि भयो ।

उत्पादन तथा प्रशोधन र व्यापार समूहको सूचकमा सामान्य बृद्धि हुँदा यसदिन सबैभन्दा बढी फाइनान्स, होटल तथा पर्यटन र जलविद्युत क्षेत्रमा २ प्रतिशतभन्दा बढीको गिरावट आयो । चार समूहको सूचक १ प्रतिशतभन्दा बढीले घट्दा चार समूहकै सूचकमा १ प्रतिशत कमको गिरावट आयो ।

तिव्र उतारचढावका बिच कारोबार रकम भने केही बृद्धि भएको छ । १ करोड ३६ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको भयो ।

विशेषगरी अल्पकालिन लगानीकर्ता हाबी हुँदा नेप्सेको गिरावट नरोकिएको बजारका जानकार बताउँछन् ।

बुधबार भएको बृद्धिको प्रभाव, बिहीबारको बजारमा पनि देखिएको थियो । सुरुवाती कारोबारमा उच्च बृद्धिले आशा जगाएपनि त्यसयताको कारोबारमा निरन्तर गिरावट आएको थियो । अल्पकालिन लगानीकर्ता नाफा बुक गर्न उद्धत हुँदा यस्तो प्रभाव भएको जानकारहरुको भनाई छ ।

यद्यपि, आगामी बजारमा यसको कस्तो प्रभाव रहन्छ यकिनपूर्वक भन्न सकिने स्थिति छैन । यदि आगामी सातामा पनि गिरावट नरोकिएमा बजारले मनोविज्ञानिकरुपमा निकै नकारात्मक प्रभाव पार्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट