माओवादीले सुदूरपश्चिममा तीन महिना संगठन विस्तार गर्ने-Sutra News

माओवादीले सुदूरपश्चिममा तीन महिना संगठन विस्तार गर्ने

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले ‘तीन महिने संगठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।



असोज ८ र ९ गते दुई दिन धनगढीमा बसेको प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले संगठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी मंसिर १० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए ।

त्यस्तै, मंसिर ११ गते कैलाली र कञ्चनपुरका सबै वडामा एकसाथ वडा सम्मेलन गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकमा प्रदेश समिति सदस्यलाई वडामा नेतृत्व गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट