छविराज ओझाकाे फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त, काे-काे छन् कलाकार ?-Sutra News

छविराज ओझाकाे फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त, काे-काे छन् कलाकार ?

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीबार काठमाडौँको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।



एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभ मुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।

शुभ मुहूर्त कार्यक्रममा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो।

निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउँदै भने, ‘यो फिल्म मेरो लागि निकै च्यालेन्ज छ। राजेश दाइले धेरै स्क्रिप्टहरू नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकि राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो।’ उनले भने।

निर्माता महर्जनका अनुसार यो फिल्म फरक तरिकाले निर्माण हुने भएकोले आफू यो फिल्मको निर्माणमा जोडिएको बताए । त्यस्तै, महानायक हमालले यो फिल्मको स्टोरी आफूले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुन : फिल्ममा फर्किएको बताए ।

यो फिल्मका नायक राज कटुवालले आफूले सानै बेलादेखि नै राजेश हमालको पोस्टरहरू कलेक्सन गर्दै आएको र अहिले आएर उहाँसँगै फिल्ममा खेल्न पाउँदा आफू निकै उत्साहित रहेको बताए ।

फिल्मकी अभिनेत्री नीति शाहले आफुलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफू यो फिल्मको टिमसँग जोडिएको बताउँदै भनिन्,’मलाई राजेश हमालले पहिल्यै देखी नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँ सँगै काम गर्न पाउँदा एकदमै खुसी लागेको छ ।’

फिल्मकी अर्की नायिका सनिशा भट्टराईले भनिन्, ‘मेरो बुवा उहाँको फ्यान भएको कारण मैले पनि उहाँको फिल्म बच्दैदेखि हेर्दै आएको थिए। अहिले उहाँसँग एउटै फिल्ममा काम गर्न पाउँदा उत्साहित छु।, उनले भनिन् ।

आगामी फागुन १४ गते शिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरेको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस् चन्द सोडारी, प्रकाश कुँवरलगायतका कलाकारहरूको अभिनय रहनेछ ।

यो फिल्मबाट ८ वर्षपछि महानायक हमालको बबाल कम ब्याक हुँदै छ । उनले यो फिल्मको लागि केही समयदेखि आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् । आठ वर्ष भन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यति बेला नेपाली फिल्म क्षेत्र तात्तिएको छ भने हमाल पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।

त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले संयुक्त रूपमा निर्माण गर्दैछन् । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच  इन्टरटेन्मेन्टले संयुक्त रूपमा वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट