प्रदर्शनअघि फिल्म ‘ज्वाइँ साब’ मर्मस्पर्शी क्लिप बाहिरियो-Sutra News

प्रदर्शनअघि फिल्म ‘ज्वाइँ साब’ मर्मस्पर्शी क्लिप बाहिरियो

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । यतिबेला फूलपातीदेखि प्रदर्शनमा आउने तीन नेपाली फिल्म छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँको भिडन्तले फिल्म क्षेत्रमा तातिएको छ ।



दशैँको अवसरमा असोज २४ गतेदेखि प्रदर्शनमा आउने तीनै फिल्ममा कसले बाजी मार्ला भन्ने सबैको चासो छ । यस्तोमा उक्त मितिमै रिलिज हुने फिल्म ज्वाइँ साबले सबैको ध्यान तानेको छ ।

यसको मूल कारण हो, यसको क्लाइमेक्स । फिल्मको सुटिङ सेटबाट बाहिरिएको एक क्लिपका कारण दर्शक माझमा फिल्मप्रति थप चासो बढिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैद गरिएको दृश्यमा अभिनेता जितु नेपाल बराखी बारेको सेतो पहिरनमा निलो ब्याग, पासपोर्ट र दुधे बालक च्यापेर हिँडिरहेका छन् । उनको पछाडि अभिनेत्री नीति शाह खादा र नेपालको झण्डा बोकेर बिदाइ गर्न हिँडेको मर्मस्पर्शी दृश्य छ ।

फिल्मको यो क्लिपले उत्सुकता बढिरहेको देख्न सकिन्छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाइमा उपस्थित मानिसहरूको प्रतिनिधित्व गरेको छ । फिल्मको दृश्य हेर्दा अभिनेता वैदेशिक रोजगारीका लागि विदेश जान लागेको बुझ्न सकिन्छ ।

बसन्त निरौलाको निर्देशन र राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट