झोलुङ्गे पुल उद्घाटन गर्न राष्ट्रपतिदेखि कार्यववाहक प्रधानमन्त्री पुगे-Sutra News

झोलुङ्गे पुल उद्घाटन गर्न राष्ट्रपतिदेखि कार्यववाहक प्रधानमन्त्री पुगे

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।



पुल उद्घाटन गर्न पुगेका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए । उनले नारायणी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटनका साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत शुभारम्भ गरेका थिए ।

यस्तै, कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट