देउवाले बोलाए केन्द्रीय कार्य सम्पादन समितिको बैठक-Sutra News

देउवाले बोलाए केन्द्रीय कार्य सम्पादन समितिको बैठक

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ ।



आगामी आइतबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी अभियानलगायत विषयमा छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट