कांग्रेस-एमालेबीच विवाद सुरु भइसकेको छ- प्रचण्ड-Sutra News

कांग्रेस-एमालेबीच विवाद सुरु भइसकेको छ- प्रचण्ड

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार लामो समय नजाने दाबी गरेका छन् ।



बिहीबार काठमाडौँको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कांग्रेस-एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको उनको भनाइ थियो ।

केही समयभित्रै कांग्रेस-मालेको गठबन्धन भत्किएपछि के गर्ने भन्ने सोच्नु पर्ने अवस्था आएको उनको दाबी थियो । उनले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उल्लेख गरे ।

उनले सरकारबाट निक्लिँदै गर्दा कार्यकताहरू सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएर निक्लेको बताए । यस्तै उनले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि घेरा हाल्ने र माओवादी आन्दोलनलाई सिद्धाउने षडयन्त्र हुँदै आएको भन्दै षडयन्त्रको घेरा तोड्दै अघि बढ्ने जिकीर गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट