सांसद चौधरीको पहलमा सुस्ताबासीलाई विद्युत महसुल छुट-Sutra News

सांसद चौधरीको पहलमा सुस्ताबासीलाई विद्युत महसुल छुट

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीको पहलमा नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब ३५० घर धुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट हुने भएको छ ।



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवलपरासीको (र्दघाट सुस्ता पश्चिम) क्षेत्रका घरधुरीलाई एक वर्षका महसुल छुट गर्ने घोषणा गरेका हुन् ।

नवलपरासी .बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले विद्युत् जडान भएका सुस्ता पश्चिमका परिवार लाभान्वित हुने बताए ।

सुस्ता क्षेत्रमा लामो समयदेखि साना सौर्य ऊर्जा प्रणालीबाट सीमित मात्रामा विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो । करिब ३५० भन्दा बढी परिवारले सौर्य ऊर्जाको प्रयोगबाट आफ्नो आवश्यकता पूरा गर्दै आएका थिए ।

सुस्तामा गण्डक सबस्टेशनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुङ्गे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

यस्तै, सांसद चौधरीले आफूले सुस्ताबासीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट