भारी वर्षाको जोखिम हुँदा राति बस नचलाउन आग्रह-Sutra News

भारी वर्षाको जोखिम हुँदा राति बस नचलाउन आग्रह

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई दिन राति बस नचलाउन आग्रह गरेको छ ।



जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम भएकाले राति बस नचलाउन भनिएको हो ।

वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा भोलि र पर्सी (११ र १२ गते) रात्री कालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

साथै, धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट