जितिया पर्वमा स्नान गर्दा भारतमा ४६ जनाको डुबेर मृत्यु-Sutra News

जितिया पर्वमा स्नान गर्दा भारतमा ४६ जनाको डुबेर मृत्यु

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडौँ । पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।



बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए ।

भक्तजनले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दू चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन् ।

जितिया पर्व केही दिनसम्म चल्छ । यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ ।

बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

सञ्चार माध्यमका अनुसार गत वर्ष पनि बिहारमा २४ घन्टाको अवधिमा २२ जनाको डुबेर मृत्यु भएको र तीमध्ये अधिकांशको यही पर्व मनाउँदा मृत्यु भएको थियो ।

भारतमा प्रमुख धार्मिक पर्वमा पूजा स्थलमा घातक घटना हुनु सामान्य हो । अधिकांश ठूला चाडपर्वमा लाखौँ भक्तजन तीर्थयात्रमा निस्कन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट