आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

आज मिति २०८१ असोज ११ गते शुक्रबार । सन् २०२४ सेप्टेम्बर २७ तारिख । नेपाल सम्बत ११४४ दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन ज्यादा समय अरूका काममा बित्न सक्छ । सीमित उपलब्धि प्राप्त गर्न पनि निकै मिहिनेत गर्नु पर्ने योग छ । प्रयत्नका बाबजुद काम अधुरो रहनाले मनान खिन्नता बढ्ने सम्भावना छ । सामान्य स्वास्थ्यगत समस्या पनि पर्न सक्छ, सावधान रहनुहोला । इष्टमित्रको सहयोग प्राप्त हुने देखिन्छ । यात्रापरक काम भने बन्ने छ ।

बृष

सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने योग छ । आज मेहनतअनुसार फाइदा भने कम होला । लेनदेनमा विवाद हुने समय छ । विगतका समस्या बल्झिन सक्छन्, विशेष सावधानीका साथ व्यवहार गर्नु उचित हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ भने साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

पराक्रम बढे पनि दिन खासै उपलब्धिमूलक नरहला । मेहनतअनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकको सुझावलाई बेवास्ता नगर्नु होला । कुटिल चाल चल्नेहरूले फसाउन सक्ने योग रहेकोले विशेष सचेत भइ व्यवहार गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा भने सफलता मिल्ने देखिन्छ ।

कर्कट

दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने आर्थिक क्रियाकलापसँग सम्बन्धित विषयमा सफलता मिल्नेछ । आम्दानी वृद्धि भइ परिवारजनका आवश्यकता पूरा हुनेछन् । व्यापार–व्यवसायमा मिलेको सफलताले उत्साह बढाउला । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल वृद्धि होला । मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने छ भने रोकिएका काम बन्नाले उत्साह जाग्ने छ । संघर्ष गरेर अधिकार स्थापित गर्न सकिने छ । शत्रुहरू किनारा लाग्नेछन् । कर्मबल बढ्नेछ । रसरागात्मक कार्यक्रममा आकर्षण बढ्ने छ । यात्रागत कार्य सफल रहला । पारिवारिक सुख शान्ति बढ्ने छ ।

कन्या

हार नमानी प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकाले आजको दिन हरेक विधि व्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । सद्विचारले अभिप्रेरित हुनेलाई विशेष लाभकै दिन छ । आजको दिन सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । भाग्यबल वृद्धि होला । समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला

दौडधुप वृद्धि हुने भएपनि लाभकारी काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । कामको चापबाट फुर्सद मिल्ने र रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भेटिने छन् । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । कार्य–व्यवहारमा सफलता प्राप्त होला ।

बृश्चिक

शुभता बढ्ने छ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीको काममा राम्रै लाभ मिल्ने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । प्रेम र मित्रताको बन्धन कसिने छ भने दाम्पत्य जीवन सुखमय रहला । सामर्थ्य वृद्धि हुनेछ । मिहिनेतले रोकिएको काम बन्ने छ । मिठो भोजन प्राप्त गर्नु हुनेछ । आरोग्यता रहने छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । तपाईंको इर्ष्या गर्नेले काममा अवरोध गर्न सक्छन्, विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्ने प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

आजको दिन सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, विशेष सजग रहनुहोला । व्यवसायिक काममा खर्च बढ्ने छ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । पढाइलेखाइमा भने प्रगति गर्न सकिने समय छ । प्रेमभाव बढ्नेछ, मिठो भोजन प्राप्त हुनेछ । विशेष परिस्थितिमा नियम कानूनले साथ दिनेछ ।

कुम्भ

व्यस्तता वृद्धि हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । विभिन्न अवसरले पछ्याउने छन् । तर व्यापारमा सोचेको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल परे पनि अन्ततः सफलता मिल्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । व्यापारमा राम्रै फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइने समय छ । आयआर्जन पनि राम्रै हुने योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । पराक्रम वृद्धि हुनेछ । आफन्तजनको साथ मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट